दफा
विश्वविद्यालयको स्थापना

(१) कला, विज्ञान, कानून, व्यवस्थापन, शिक्षा, प्राविधिक र तोकिएका अन्य विषयको उच्च तहका शिक्षण संस्थाहरुको सञ्चालनको लागि पूर्वाञ्चल विश्वविद्यालयको स्थापना गरिएको छ ।
(२) विश्वविद्यालयको केन्द्रीय कार्यालय मोरङ जिल्ला, सुन्दर हरेचा नगरपालिकाको गोठगाउँमा रहनेछ।